Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली मृत्यु प्रमाण-पत्र सम्बन्धी लिखत कीर्ते कसूरमा १ जना चिनियाँ नागरिक पक्राउ

२७ माघ ,काठमाडौं । काठमाण्डौ महानगरपालिका टेकुस्थित शुक्रराज अस्पतालमा चिनियाँ नागरिकले नक्कली Death Certificate को कागजात बोकी हिडेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

 महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले Passport No. EJO509277 भएको चिनियाँ नागरिक Wang yang लाई निम्न लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको टेकु प्रहरी परिसरका एसपी दिनेश मैनालीले बताए ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ को म्याद थप अनुमति प्राप्त भई महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भई रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment