Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल बार एसोसिएसनले फागुन १ गतदेखिे फेरि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने

१ फागुन, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो । कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।

सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन १०५ दिन पुगिसकेको छ ।

नेपाल बार एसोसिएसनले इजलास बहिस्कारदेखि प्रशासनिक कामकारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै