Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला

२० मंसिर, काठमाडौ । काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ ।

कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment