Comments Add Comment

Advertisment

SKIP THIS

राजीव गान्धी हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

२७ कात्तिक , काठमाडौ । राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले दिएको आदेशअनुसार एक दिनपछि तीन अभियुक्त रिहा भएका छन्। नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान शनिबार साँझ रिहा भएका हुन्।

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो। बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ।

अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए।

नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल पर्नेमा श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment