Comments Add Comment

Advertisment

SKIP THIS

संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ

४ असोज , काठमाडौ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको हत्या भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

लोकबहादुरको बयानका आधारमा प्रहरीले थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् ।

कसरी घट्यो घटना

घटना हुनु अघिल्लो राति सबैजना मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलाको हत्या गर्ने र घटना अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना अभियुक्तहरुले अघिल्लो दिनमै बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटना योजनावद्धढंगबाट ५ जनाको समूहले घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो दिन राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बुनेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको दिन २१ गते विहान मृतक तेक कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घर आएको बेला हत्या गरेको र अनुकूल मिले तेज कुमारको घरमा भएको धनमाल समते लुट्ने योजना बुनेको अनुसन्धानले देखाएको छ ।

यस्तो छ प्रहरीको विवरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै