काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

३ असार , काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् ।

काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment