Comments Add Comment

Advertisment

SKIP THIS

जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे :  प्रभु साह

१ फागुन, काठमाडौं । प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन् । आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिए ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाई छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ । देशबाट निरंकुश राजतन्त्र र एकात्मक राज्य प्रणालीको अन्त्य गरी मुलुकमा संघीयता र गणतन्त्र स्थापना गर्न सफल महान जनयुद्ध हजारौं वीर नेपाली सपूत योद्धाहरुले आहुती दिएर पूरा गरेका हुन् ।

जनयुद्ध नेपालको मात्र नभई सिंगो विश्वकै कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण हिस्सा हो ।’ नेता साहले भने, ‘तर आज तपाईहरुले हेर्न सक्नुहुन्छ, जनयुद्धको उपलब्धि प्रचण्डको लागि सत्तामा पुग्ने भर्र्याङ् मात्र बनेको छ । शहिदको रगतको अपमान गरेर कम्युनिष्ट आन्दोलनको मजाक उडाउदै जनयुद्धको सपना कांग्रेसको नेतृत्वमा पूरा गर्छु भन्ने प्रचण्ड लाल गद्दार हुन् । जनयुद्धको उपलब्धि कुर्सीसँग साट्ने प्रचण्डले आफ्नो मुखबाट जनयुद्ध शब्द उच्चारण गर्ने अधिकार छैन ।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप-सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह ९अमर०, मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै