Comments Add Comment

Advertisment

SKIP THIS

कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्टको बैठक

०२ फाल्गुण, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज फुलकोर्टको बैठक बोलाएका छन्।

महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएपछि कायम कायममुकायम प्रधानन्यायाधीश बनेका कार्कीले पहिलो फुलकोर्ट बैठक बोलाएका हुन्।

बैठकमा जबरालाई महाअभियोग लागेपछिको विकसित घटनाक्रम र आगामी प्रक्रियाबारे छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि न्यायाधीशहरु दुई धारमा बाँडिएका छन् ।

आजको फुलकोर्ट बैठकमा दुबै धारका न्यायाधीशहरु सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै