Comments Add Comment

Advertisment

SKIP THIS

एमाले संसदीय दलको बैठक जारी

०२ फाल्गुण , काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा केहीबेरअघि दलको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले अपनाउने रणनीतिका बारेमा औपचारिक निर्णय गर्ने तयारी छ ।

राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा रहेको एमाले नेताहरुको भनाई छ ।

त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको एक नेताको भनाई छ । यसअघि आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै