Comments Add Comment

Advertisment

SKIP THIS

सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग

२ फागुन, काठमाण्डौं । वि विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले आङरिता शेर्पा (हिउँ चितुवा) का नाति छिरिङ तेन्जिङ शेर्पालाई १ लाख रुपियाँ सहयोग गरेको छ । आगामी ‘मे’ महिनामा सगरमाथा आरोहणको तयारीमा रहेका छिरिङलाई फाउन्डेसनले सहयोग रकम हस्तान्तरण गरेको हो ।

गोंगबुस्थित राइज मिडिया नेटवर्कको कार्यालयमा एक कार्यक्रमका बीच फाउन्डेसनको तर्फबाट संस्थापक निर्देशकद्वय निर्मल श्रेष्ठ, खड्ग परियार, निर्देशक (पब्लिक रिलेसन्स) तथा गायिका सुनिता दुलाल, सद्भावना दूत तथा कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पा लगायतले सहयोग हस्तारण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै संस्थापक निर्देशक श्रेष्ठले पुर्खाको कर्मलाई सम्मान गर्दै त्यही बाटोलाई पछ्याएकोमा शुभकामना दिए । ‘पुर्खाको सम्मान नै ठूलो कुरा हो,’ उनले भने, ‘अब आङरिताको परिवारले अर्को कीर्तिमानी राख्नेमा विश्वस्त छु ।’

यस्तै, गायिका दुलालले सफल आरोहणको शुभकामना दिइन् । ‘हजुरबुबाको सम्झनामा हिमाल चढ्नु भनेकै गौरव कुरा हो यसबाट पितृप्रतिको समर्पण झल्कन्छ,’ उनले भनिन्–‘सगरमाथा आरोहणमा हजुरबुबाको जस्तै शक्ति तपाईंलाई पनि प्राप्त होस् ।’

२३ वर्षीय तेन्जिङ आफ्ना बाजेको स्मृतिमा आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने सुरमा छन् । यसका लागि उनी २२ माघमा अमेरिकाबाट नेपाल आएका हुन् । बाजेबाट पाएको प्रेरणालाई सगरमाथा आरोहण गरेर बाजेमै समर्पित गर्न चाहन्छन् । उसो त त्यसका लागि फाउन्डेसनको सहयोगले त्यो समर्पण पूरा गर्न सघाउने उनले बताए । ‘हजुरबुबाले जस्तै बिना अक्सिजन सगरमाथा आरोहण गर्ने, अभिलेखीकरण गर्ने तथा आरोहणपछि हजुरबुबासँग सम्बन्धित संग्रहालय निर्माण गर्ने उद्देश्य छ, यसको आरम्भ सगरमाथा आरोहणबाट गर्दैछु,’ उनी उत्साहित सुनिन्छन्, ‘वि विल राइजले मेरो यात्राको आरम्भमा लगाएको गुन कहिल्यै भुल्दिनँ ।’ यसैगरी, उनले ‘द स्नो लियोपार्ड आङ रिता शेर्पा मेमोरियल सगरमाथा आरोहण अभियान २०२२’का निम्ति रोयल्टी फी मिनाहा गर्न तथा अन्य आर्थिक, भौतिक, नैतिक मार्गनिर्देशन तथा सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै