Comments Add Comment

Advertisment

SKIP THIS

बुटवलमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

३ फागुन , काठमाडौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँमा मंगलवार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी बुटवलले बताएको छ । उनीहरूको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

गैडहवा गाउँपालिकाका बिमल रानाले चलाएको लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । बिहान करीब ४ बजे अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक २१ वर्षीय विमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै