Comments Add Comment

Advertisment

SKIP THIS

नोबेल मेडिकल कलेजमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालका ‘क्यासियर’ रूपमा कार्यरत तीन जनालाई पुस १० र १३ गते पक्राउ गरिएको हो।

प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले पक्राउ पर्नेमा विराटनगर –१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहवी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदारलाई पक्राउ गरिएको जानकारी दिए।

अस्पतालले तीन जनाविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरी पक्राउ गरेको हो। अस्पतालका महाप्रबन्धक दिपेश राईले उपचारका लागि भर्ना भएका बिरामीसँग अस्पतालले लिनुपर्ने रकम अपचलन गरेको आशंका रहेको बताए।

उनीहरूले अस्पतालमा भर्ना भएका बिरामीसँग बढी रकम लिने गरेको र अस्पतालको हिसाबमा कम देखाउने गरेको उनको भनाइ छ। महाप्रबन्धक राईका अनुसार हालसम्म कति रकम हिनामिना गरियो भन्ने प्रष्ट भइसकेको छैन।

अनियमितता गरेको रकम यकिन गर्न बिलको चेकजाँच गर्ने र हिसाब–किताब हेर्ने काम भइरहेको उनको भनाइ छ। मोरङ प्रहरीले उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै