Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले स्रोत नखुलेको आठ लाख रुपैयाँसहित चार जना भारतीयलाई पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले करिब आठ लाख रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामणि थाना– ९ भुभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्रबाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ का निजाम मियाँ छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले भारतीय र नेपाली गरी करिब आठ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय रकम ५ लाख ४९ हजार १०० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ को भारतीय कार रोकेर जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई ल्याएको भारतीय रुपैयाँ पाँच सयको नोट एक हजार ४२ थानको पाँच लाख २१ हजार, दुई सयको नोट ९३ थानको भारु १८ हजार ६ सय, सयको नोट ९३ थान भारु नौ हजार तीन सय, ५० को नोट चार थान भारु दुई सय गरी जम्मा भारु पाँच लाख ४९ हजार एक सय रुपैयाँ उनीहरूबाट बरामद भएको छ।

यस्तै, नेपाली रुपैयाँ एक हजार दरका नोट एक सय ५० थान, पाँच दरका नोट दुई थान गरी नेपाली रुपैयाँ दुई लाख पचास हजार रुपियाँ फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै