Comments Add Comment

Advertisment

SKIP THIS

रुक्सना लिम्बुको ‘डेब्यु’, प्रमोद खरेलको साथ [भिडियो]

३ फागुन , काठमाडौ । गायक प्रमोद खरेलले नयाँ गीत ‘नोगेन’ सार्वजनिक गरेका छन् । भ्वाइस अफ किडको पहिलो सिजनबाट उदाएकी बाल गायिका रुक्सना लिम्बुको साथमा गायक खरेलले नयाँ गीत ल्याएका हुन् ।

नोगेन बोलको गीतमा गायक खरेल र बालगायिका लिम्बुको सुमधुर स्वर रहेको छ । गीत बालगायिका लिम्बुको पहिलो गीत समेत हो । चर्चित संगीतकार तथा गीतकार महेश खड्काको शब्द तथा संगीतमा सजिएको सो गीतको भिडियोमा गायक खरेल र बालगायिका लिम्बुले नै ‘फिचरिङ’ गरेका छन् ।

गीतमा बालगायिका लिम्बुले आफ्नो भविष्यबारे चिन्तन गरेको र गायक खरेलले लिम्बुलाई सम्झाइबुझाई गरेको तथा अगाडि बढ्न प्रेरणा दिएको देखाइएको छ । आइतवार प्रमोद खरेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक सो गीत समाचार तयार पार्दासम्म ३ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा प्रायः दर्शकले बालगायिका लिम्बुको स्वरको तारिफ गरेका छन् । गीतको भिडियो युट्युबको ट्रेन्डिङमा परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment