४ फागुन, काठमाण्डौं । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो । यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपैयाँ कायम छ ।



