Comments Add Comment

Advertisment

SKIP THIS

काठमाण्डौंमा नक्कली नेपाली नोटसहित ४ जना प्रकाउ

५ फागुन, काठमाण्डौं । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम छन् । बुधबार दिउँसो प्रहरीले उनीहरुलाई १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट पक्राउ गरेको थियो ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भनन्े सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment