६ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले वर्सौ देखि हराएको मूर्तिहरू खोजतलास गरि पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार काठमाडौं प्रहरी परिसरमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरिले पुरातत्त्व विभागकि अधिकृत सबिता न्यौपानेलाई कृष्णको जस्तो देखिने मुर्ति,सरस्वतीको जस्तो देखिने मुर्ति,नारायणको जस्तो देखिने मुर्ति,बुद्धको मुर्ति २ थान ,देवीको मुर्ति हस्तान्तरण गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले विभिन्न समयमा, विभिन्न ठाउँबाट बरामद गरेका माटो, ढुङ्गा, ढलोट, काठले बनेका मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको हो । त्यसैगरि अन्य मूर्तिमा काठमाडौंको विभिन्न ठाउँबाट फेला पारेका मूर्तिलगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका १४ थान मूर्ति रहेको काठमाडौं परिसरका एसएसपी सुदिप गिरिले जानकारी दिए ।

पुरातत्त्व विभागकि अधिकृत न्यौपानेले प्राप्त मूर्तिलाई छाउनीमा स्थिति सङ्ग्रहालयमा सुरक्षित गरी राखिने बताइन् । कुनै स्थानका स्थानीयहरूले आफ्नो ठाउँबाट मूर्ति हराएको प्रमाणसहित आएमा फिर्ता गरिने समेत न्यौपानेको भनाई रहेको छ । साथै महानगरीय प्रहरी बृत्त बौद्ध,थानकोट कालिमाटी र महाराजगञ्जबाट मुद्दा चलाइएका बिभिन्न १६ थान मुर्तिहरु दशीकोरुपमा सम्मानीत जिल्ला अदालत काठमाण्डौमा रहेको एसएसपी सुदिप गिरिले बताए ।


