Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसी जबर्जस्ती पेस भएकोमा गम्भीर आपत्ति छ : कृष्णबहादुर महरा

८ फागुन, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै महराले कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको स्पष्ट पारेका हुन् ।

उनले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको निन्दासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै