Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेको कोहलपुरमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

९ फागुन, काठमाण्डौं । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहामा आइतबार राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वीसी रहेकी छन् ।

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना.३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहामा मोड्ने क्रममा पल्टिदा बीसी च्यापिएकी थिइन् । घाइते भएकी वीसीको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो ।

गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment