Comments Add Comment

Advertisment

SKIP THIS

९ सय ३६ ग्राम अवैध सुन सहित २ जना पक्राउ

फागुन ९, काठमाडौं । भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको करिब ७७ लाख १९ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको ९ सय ३६ ग्राम तौलको सुन सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बंगलादेशी नागरिक राहदानी नम्बर ए ००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाह र भारतीय नागरिक राहदानी नम्बर यु ५४४०२८१ वाहक ४० वर्षीय पारसनाथ साह रहेका छन् ।

हिमालय एयरलाईन्सद्वारा दुबईबाट काठमाडौं आएका मोहम्मदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उनले लगाएको पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई ल्याएको १ थान पेटी जस्तो अर्धठोस सुनको पोका र २ थान बेलना आकारको अर्धठोस सुन गरी उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा मोहम्मदले भारतीय नागरिक पारसले भन्सार छली गर्न लगाएको हो भनि खुलाए पश्‍चात् पारसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै