Comments Add Comment

Advertisment

SKIP THIS

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरु आन्तरिक छलफलमा

१४ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै