Comments Add Comment

Advertisment

SKIP THIS

बारामा सशस्त्र प्रहरीद्धारा लागु औषध चरेस बरामद

१४ फागुन, काठमाण्डौं । बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो ।

शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए ।​ गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख छिनमस्ता बाहिनिपती डिआईजी गणेश ठाडा मगरले रातोपाटीलाई जानकारी दिए । उक्त चरेसलाई आवश्यक कारबाहीको लागी नेपाल प्रहरी लाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरी छिनमस्ता बाहिनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै