Comments Add Comment

Advertisment

SKIP THIS

इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु

१७ असार , काठमाडौं । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । सो घटनाबारे सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जानकारी गराएको हो ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुई वटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment