Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

१४ फागुन, काठमाण्डौं । महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ ।

नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ । वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ । अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै