Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशसभा बैठक स्थगित

१५ फगुन , काठमाडौं । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment