Comments Add Comment

Advertisment

SKIP THIS

समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै माओवादी बैठक स्थगित

२३ मंसिर , काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment