Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक महाशाखाद्धारा शिवरात्रीका दिन पशुपतिनाथ क्षेत्रको वरपर भरपर्दो ट्राफिक व्यवस्थापन

१६ फागुन , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ ।

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

महाशाखाका अनुसार कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।

भक्तजनहरूका लागि सिफल चौर,गुह्येश्वरी पारी,पशुपति क्षेत्र विकास कोषको कार्यालय,भण्डारखाल,तिलगंगा करिडोरमा पार्किङ स्थल तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै