Comments Add Comment

Advertisment

SKIP THIS

यु-१८ साफ; प्रितीको कप्तानीमा नेपाली टोलीको घोषणा

२६ फागुन, काठमाडौं । भारतमा हुने यु-१८ साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतीले बिहीबार १-११ चैतसम्म भारतको जम्सेदपुरमा हुने प्रतियोगिताको लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी प्रिती राईले गर्नेछिन् ।

राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा १ चैतमा आयोजक टोली भारतको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा ३ चैतमा बंगलादेश, ५ गते भारत र ६ गते बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले साफ यु-१८ महिला च्याम्पियनसिपको उपाधि जित्नेछ ।

यु १८ राष्ट्रिय नेपाली टोलीः

साबित्री किसन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई ९कप्तानण्, सुनकला राई, अञ्जली मचामसी, सारा बज्रचार्य, जेनिफर राना, सरिस्मा थापा, सदिपा बोलन, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै