Comments Add Comment

Advertisment

SKIP THIS

‘म्यानपावरमा मन्त्रीको लगानी देखाउनूस्, कारबाही गर्छु’

५ माघ , काठमाडौं । गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।

आज (बिहीबार) सभामुखको निर्वाचनपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् ।

‘श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ ? देखाउन त सक्लान् नि ?,’ लामिछानेको प्रश्न थियो, ‘देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।’

म्यानपावरमा मन्त्रीको लगानी देखाए कारबाही गर्ने बताइरहेका गृहमन्त्री लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी कोइरी महतोलाई भने पक्राउ गर्न सकेका छैनन् ।

आज बसेको संसद् बैठकमा ज्यान मुद्दामा ‘फरार अभियुक्त’ को सूचीमा रहेका नेकपा एमालेका सांसद कोइरी उपस्थित भएका थिए । बैठकमा नेपाली कांग्रेसले उनलाई पक्राउ नगरेकोप्रति गृहमन्त्री लामिछानेको ध्यानाकर्षण समेत गराएका थिए ।

कांग्रेसको ध्यानाकर्षणपछि गृहमन्त्री लामिछानेले विधि र प्रक्रियाअनुसार काम गर्ने भन्दै अनावश्यक दबाब नदिन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै