Comments Add Comment

Advertisment

SKIP THIS

बालिका बलात्कार गरेको आरोपमा ६० वर्षका पुरुष पक्राउ

२४ मंसिर काठमाडौ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ ।

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment