२८ मंसिर काठमाडौ । फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गण्डकी गाउँपालिका–२ ताङ्लीचोक साँधीखोलाका २८ बर्षका टीकाराम थापाको घ्याप्रिङ गाउँस्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







