Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा १० किलो लागुऔँषध सहित ३ जना पक्राउ

१८ फागुन, काठमाण्डौं । सर्लाही जिल्लाबाट लागुऔँषध गाजाँ सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।

सर्लाही जिल्ला मलगंवा नगरपालिका–८ मा रहेको चौकीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा पक्राउ गरेका हुन् ।

नेपालबाट भारत तर्फ जाँदै गरेको न २ ह १५६७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा १० किलो लागुऔँषध गाजाँ फेला परेको थियो । टेम्पोमा सवार भारतको जिल्ला सितामढी ग्राम पंचायत राजा प्रसोनी १ बस्ने २३ बर्षीय मो.साकिर, सोहि जिल्लामा बस्ने ३५ बर्षीय नुर महमद राई र जिल्ला शिवहर ग्राम पंचायत सलिमपुर वडा नं.१३ बस्ने २० बर्षीय मो.नसु आलम सहित १० किलो लागुऔँषध गाजाँ प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यलय सर्लाही पठाएको खटिएको प्रहरी चेकिङ्ग टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment