Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी परिवार महिला संघद्धारा नेपाल एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान

फागुन २७ ,काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गर्नुभएको छ । 
उहाँले सो अस्पतालका प्रमुख प्रा.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन तथा अस्पतालका स्वास्थ्यकर्मीको लागि ४० थान पिपिई सेट समेत हस्तान्तरण गर्नुभएको हो ।

संघकी अध्यक्ष श्रीमती खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पु¥याउने संघका कार्यकारिणी पदाधिकारी, सल्लाहकारहरु तथा नेपाल एपीएफ अस्पतालका डाक्टरहरुलाई त्यसै अवसरमा प्रशंसा पत्र प्रदान गर्नुभयो ।
सो संघले नेपाल एपीएफ अस्पतालमा महिलाहरुको स्वास्थ्य उपचारमा पु¥याएको सहयोगको उच्च कदर गर्दै संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई त्यसैअवसरमा प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले प्रशंसापत्र प्रदान गर्नुभयो ।

नेपाल एपीएफ अस्पतालका गाईनेकोलोजि अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले अस्पताललाई प्राप्त सो मेसीनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुहुँदै सो मेसीनले महिलाहरुमा हुने असामान्य रक्तश्राव, पाठेघरमा हुने अन्य रोग पत्ता लगाउनुका साथै एच.पि.भि.डि.एन.ए. टेष्ट तथा महिलाहरुको पाठेघरको मुखमा क्यान्सर बनाउने एच.पि.भि. भाईरस आदि जाँचमा सहयोग पुग्ने बताउनुभयो ।

सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा हाल सो अस्पतालमा संचालनमा ल्याएको गाईनेकोलोजि क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सुरुभए देखिका उपलब्धि तथा विविध गतिविधिबारे प्रस्तुतिकरण मार्फत डा. कर्माचार्यले जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै