Comments Add Comment

Advertisment

SKIP THIS

पल शाहका म्‍यानेजर कृष्ण जोशी पक्राउ

२७ फागुन , काठमाडौ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

पछि २७ फागुनमा उनले प्रहरीकहाँ आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment