हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई प्रहरीले गत सोमबार लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
दुर्छिमस्थित बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागूऔषध गाँजा लुकाएर राखेको छ, भन्ने विशेष सुचनाको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख,प्रहरी निरीक्षक प्रमोद कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुरेशकुमार ठाकुरले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको गाजा खोटाङ जिल्लामै हालसम्मको ठूलो परीणाम हो । गाजा प्रति केजी ६ सय देखी ३ हजारसम्म बिक्री हुने अनुमान गरीएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए । ३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरू दुवैजनालाई थप अनुसन्धानका लागि खोटाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ ।
राईले प्रतिबन्धित लागूऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ । लागूऔषजटध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनीडाँडाका दुई युवकलाई प्रहरीले गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागूऔषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई उद्योगबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो ।
पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागूऔषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागूऔषध बनाउने मेसिन, दुई बोरा लागूऔषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो । पक्राउ परेका उनीहरू दुवै जनाविरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै उनीहरूको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो


