Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकी प्रदेश प्रमुखले भनिन् (भोलि हेरौंला)

२८ जेठ, काठमाडौ । विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् ।

नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । ुसनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडिु भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले ुसनाखत भोलि गरौंला भन्ने जवाफ दिइन् । भनिन्, ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।

नेपालीले भने बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै