Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् ।

अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुले संगै दुवै जनालाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै