Comments Add Comment

Advertisment

SKIP THIS

गौशाला प्रहरीद्वारा लागूऔषध कारोबार गर्ने एक महिलासहित दुई जना पक्राउ

चैत १ काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. ८ सिफलकाे पनेकु मार्गबाट प्रतिवन्धित लागुऔषध गाजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले  न्युज24ग्यालेक्सीलाई बताए छन्  ।

पक्राउ पर्नेमा ईलाम घर भएकी हाल काठमाडौंको सिफल पनेकु मार्गस्थित डेरा गरी बस्ने वर्ष ३९ की सपना तामाङ र झापा जिल्ला गौरादह घर भई हाल काठमाडौंको गौरीघाट बस्ने वर्ष ३१ को बिरेन कपाली रहेका छन् । उनीहरूले लागु औषध गाँजा भण्डारण तथा ओसार-पसार तथा बिक्री बिवरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा पक्राउ गरिएको एसपी मैनालीले बताएका छन् ।

प्रहरीले सपना तामाङको कोठामा अवैध लागूऔषध गाँजा छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरीले खानतलासी गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखिएको ५ के.जी. ५०० ग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित २ वटा मोबाइल बरामद गरेको हो ।

उक्त प्रतिवन्धित लागुऔषध गाजा सहित पक्राउ परेका उनीहरूलाई काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ म्यादथप अनुमति लिई महानगरीय प्रहरी बृत्त गौशालाबाट अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै