Comments Add Comment

Advertisment

SKIP THIS

एमालेले बोलायो संसदीय दलको बैठक

२ चैत , काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने रातोपाटीलाई जानकारी दिए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै