होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

वसन्तपुरमा होली खेल्न पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर होली मनाएका छन् । पछिल्लो समय भने सबैले रङमात्र खेलेर रमाइलो गर्न थालेका छन् । बिहीबार होली उत्सव मनाउन वसन्तपुरमा पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर रमाइलो माहोल बनाएका थिए ।

बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले टेकुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई टिका र रङ्ग लगाइदिदैं असत्यमाथि सत्यको जित भएको यस पर्वकाे अवसरमा आफ्नो मनमा रहेको नराम्रो भावना फालेर राम्रो दिनको सुरुवात गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदैं होली मनाएका थिए ।
होलीको कार्यक्रममा एसएसपी गिरीले प्रहरी परिसर टेकुमा कार्यरत एसपी,डिएसपी लगायत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत ,प्रहरी हवल्दार तथा जवानहरुको पेशागत, व्यक्तिगत र पारिवारिक जिवनको सफलताको शुभकामना आदन प्रदान गर्नु भई उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई अबिरको टिका लगाई होली पर्व २०७८ को शुभकामना आदान प्रदान गर्नु भएको थियो ।




