Comments Add Comment

Advertisment

SKIP THIS

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु : २ जना घाइते

५ चैत , काठमाडौ । रुकुम पूर्वको पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार बेलुकी रा १ त ३३७३ नम्बरको ट्रयाक्टर पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा दुर्घटनामा पर्दा घाइते भएका तीनजनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment