ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते -
Comments Add Comment

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

१ माघ , काठमाडौं । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका-४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक वली गंगादेव-७ तिम्ले निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds