Comments Add Comment

Advertisment

SKIP THIS

२८ केजी गाँजासहित दुई जना पक्राउ

७ चैत , काठमाडौ । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment