२४ माघ , काठमाडौ । मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजा पक्राउ परेका छन् ।
अवैध लागूऔषध गाँजा ६४ किलोसहित उनी मंगलबार राति प्रहरीले पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




