७ चैत , काठमाडौ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २० हजारभन्दा बढी प्रहरीको बढुवा गर्न बाटो खुलेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने थियो । अर्थात कम्तिमा थपिएका पदमा बढुवा गर्न मिलेन । त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयकाअनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्न लागिएको छ । नयाँ नियमावलीअनुसार तल्लो तहका २० हजारभन्दा बढी प्रहरी एकैपटक बढुवा हुनेछन् ।


