८ चैत , काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६।०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरिद बिक्री भए ।
कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीनको शेयर मूल्यमा गिरावट देखियो भने १० उपसमूहको शेयर भने उकालो लाग्यो । व्यापार १०.५४, जलविद्युत् १३.२९ र वित्त ७.८७ अङ्कले ओरालो लागे । बैंकिङ ६.८१, होटल तथा पर्यटन २०.१७, विकास बैंक ५६.७५, निर्जीवन बीमा ८४।., उत्पादन ४९.६३, अन्य २८।६१, लघुवित्त २६।३९, जीवन बीमा २६८.८८, सामूहिक लगानी कोष ०.२ र लगानी ०.५२ अङ्कले उकालो लागे ।





