Comments Add Comment

Advertisment

SKIP THIS

सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई

२९ जेठ, काठमाडौ । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ ।

त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो ।

सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले न्युज24ग्लेक्सीलाई बताए ।

ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्यालयले डिएसपी खड्कामाथि निषेधाज्ञा जारी हुनुअघि छानबिन गरिरहेको थियो । ​

गत साता उनलाई कारवाही स्वरुप महानगरीय प्रहरी परिसर टेकुमा हाजिर गर्नेगरी फिर्ता बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment