Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचार दायरा बाहिर

९ चैत , काठमाडौं । नेपालमा प्रत्येक वर्ष ६९ हजारभन्दा बढी क्षयरोगका बिरामी थपिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयका अनुसार वार्षिक ४० हजारभन्दा धेरैलाई पहिचान गरी उपचारको दायरामा ल्याउन ठुलो चुनौती देखिने गरेको छ ।

मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सञ्जय ठाकुरले उपचारको दायरामा नआएकाहरुलाई दायरामा पुर्‍याउन चुनौती थपिएको बताएका हुन् । नेपालमा वर्षेनी क्षयरोगी १४ हजार मृत्यु हुने अनुमान गरिएको उनले बताए ।

डा.ठाकुरले क्षयरोग प्रिभिलेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनको सिफारिसमा यसको रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ तयार गरी कार्यान्वयन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै