२४ असार , काठमाडौँ । स्थायी घर भारतको बिहार , मधुबनी जिल्ला हाल काठमांडौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिका ८ , लामबगर शान्तिटोल नजिक गत ८ वर्षदेखि बस्दै आएका छन रामकुमार ठाकुर र उनका १० जनाको परिवार । उनी अहिले ४८ वर्षका भए । शुरुका दिनमा काठमांडौ आउँदा आफ्नो सीप र जाँगरको सहि सदुपयोग गर्न नसकेर रनभुल्लमा परेका ठाकुरकासामु परिवारको पालनपोषण र शिक्षा तथा स्वास्थ्य सम्बन्धमा चुनौतीका पहाडहरु तेर्सिएका थिए ।
तर पछि उनलाई आफ्नो शीपको सहि सदुपयोग गर्ने मौका मिल्यो र “जयबाबा नर्सिङ फर्निचर ” उधोग सन्चालन गर्नथाले । उनको यो जांगरलाई उनका छोराहरुले पनि साथ दिनथाले । यसरी उनले बिस्तारै काठका सामानहरु बनाएर बेच्नथाले । धेरै ठूलो मिहिनेतपछि उनले आफ्नो फर्निचर पसलमा झ्यालढोकाका सामानहरु, पलङ, दराज, सोफा, मोडेल, भर्याङ, पार्केटिङलगाएतका विभिन्न सामाग्रीहरु निर्माण गरि बेच्नथाले । जसले गर्दा उनले बनाएका आकर्षक डिजाइनका सामानहरुले अहिले राम्रै बजार पाइरहेका छन ।
त्यहांको आम्दानीले उनको घरखर्च पनि राम्रै चलेको छ । यसरी परिश्रम गरे फल अवश्य पाइन्छ भन्ने कुराको उदाहरण बनेका छन रामकुमार र उनका छोराहरु ।



