Comments Add Comment

Advertisment

SKIP THIS

चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

९ चैत , काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ ।

इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।

तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सीडीयो कवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै